Techie IT
  • १७ वैशाख २०८२, बुधबार
KhojPatrika

पाकिस्तानको ईश्वरनिन्दा सम्बन्धी कानुन महिला अधिकार दबाउन पनि प्रयोग


इस्लामाबाद । पाकिस्तानको विवादास्पद ईश्वरनिन्दा या इस्लाम धर्मप्रति अपमान सम्बन्धी कानून महिला अधिकारकर्मीबिरुद्ध प्रयोग गर्न थालिएको छ। हालसालै दुई पाकिस्तानी अदालतहरूले ईश्वरनिन्दा कानूनको उल्लंघन गरेको आरोपमा पाकिस्तान महिला मार्चका आयोजकहरू विरुद्ध मुद्दा दर्ता गर्न सरकारी अधिकारीहरूलाई निर्देशन दिएको थियो। उक्त आरोप पुष्टि भए इस्लाम धर्मप्रति अपमान गर्नेलाई मृत्युदण्ड समेत दिनसक्ने पाकिस्तानमा व्यबस्था छ। पाकिस्तानले लामो समयदेखि मुलुकका अल्पसंख्यक समुदायलाई नियन्त्रणमा राख्न उक्त हतियारको प्रयोग गर्दै आएको छ।

गत मार्चमा महिला अधिकारकर्मीले लाहोर, हैदराबाद, सुकुर, कराँची, इस्लामाबाद र पेशावर लगायत पाकिस्तानका विभिन्न शहरहरूमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन कार्यक्रमको आयोजना गर्दै महिला अधिकारको माग गरेका थिए। यो वार्षिक जमघटमा प्रतिबन्ध लगाउन खोज्ने कट्टरपन्थी इस्लामाबाद उच्च अदालतमा समेत मुद्दा दायर गरेका थिए।

महिला मार्चको बखत ईश्वरनिन्दाको नारा प्रयोग गरिएको कट्टरपन्थीहरुको आरोप छ। तर,आयोजकहरूले मार्चमा सहभागीले महिला अधिकारको कुरा गरेको तर, इस्लाम धर्मप्रति कुनै अपमान नगरेको बताउँदै आएका छन्। पाकिस्तानमा धार्मिक स्वतन्त्रता दयनिय रहेकाले कसैमाथी नियन्त्रणमा राख्न इस्लाम धर्मको अपमानको आरोप लगाएर मुद्दा चलाइने गरिएको छ।


क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #पाकिस्तान

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं