Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

भारत असाममा एक सय ५ बर्षका वृद्धले जिते कोरोना


एजेन्सी । भारत असामको १ सय ५ बर्षका वृद्धले कोरोना जितेका छ्न । उनी आइतबार गौहती मेडिकल कलेज र अस्पताल (जिएमसीएच) बाट डिस्चार्ज भएका हुन । जीएमसीएचका एक जना डाक्टरले अलीलाई यो महिनाको सुरुमा अस्पतालमा भर्ना गरिएको र यस रोगलाई सफलतापूर्वक हराएको जानकारी दिएका छन् । यसैबीच, त्यहाँका राज्य सरकारले जून २१ देखि ३० सम्म ३ लाख कोभिड खोप लगाउने लक्ष्य राखेको छ । आसामका मुख्यमन्त्री हिमान्ता बिस्वा सर्माले आफ्ना मन्त्री तथा सचिवहरुलाई त्यहाका जिल्लाहरुमा खोपदर वृद्धिलाइ सुनिश्चित गर्न आग्रह गरेका छन् ।

खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार जून महिनाको पहिलो १८ दिनमै भारतले ५.३ करोड भन्दा बढीलाई खोप लगाइ सकेको छ । जो अघिल्लो मे महिना भरीको ५.५३ करोड खुराकको नजिक छ । जुन महिनामा दैनिक औसत खोप सङ्ख्या २९.६ लाख पुगेको छ भने मे महिनामा १७.८ लाख रहेको थियो । यो तथ्यांक अप्रिल महिनाको दैनिक औसत २५.८ लाख भन्दा पनि बढी हो । मे महिनामा राज्यहरूले दुई घरेलु भ्याक्सिन उत्पादकहरूबाट पर्याप्त भ्याक्सिन प्राप्त गर्न संघर्ष गर्दा भारतमा खोप लगाउने प्रक्रिया अलि सुस्त भएको थियो । तथापि, त्यहाको संघीय सरकारले मे महिना भन्दा जुन महिनामा १२ करोड डोज अर्थात ५०.६५ बढी आपूर्तिको सहजतामा सुधार हुने भनेको थियो । जो दुई घरेलु भ्याक्सिन उत्पादक, सीरम इन्स्टिच्युट अफ इन्डिया र भरत बायोटेकको विस्तारित क्षमतामा निर्भर थियो ।

रुसको स्पुतनिक भी को उपलब्धताले पनि सानो योगदान दिएको पुग्यो । फलस्वरूप, भारतका सबैभन्दा बढी जनसंख्या भएका राज्यहरूले आफ्नो खोप लाई अझ बढी प्रयोग गर्न थालेका छन् । उत्तर प्रदेशले आफ्नो दैनिक खोप संख्या १.७४ लाखबाट ३.६५ लाखमा पुर्याएको छ जो दुई गुणा भन्दा पनि बढी हो । यस्तै गुजरात, मध्य प्रदेश, महाराष्ट्र, पश्चिम बंगाल र तमिलनाडु जस्ता राज्यहरूमा पनि उल्लेख्य सुधार देखिएको छ । । भ्याक्सिन प्राप्त गर्ने जिम्मेवारी हालै पुनः केन्द्रित भएपछि जून २१ देखि आपूर्ति अझ सहज हुन सक्छ । यसै महिना प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनले आफ्नो पहिलेको नीतिलाई उल्ट्याएको छ जहा राज्यहरूलाई १८ देखि ४४ उमेर समूहका लागि स्वतन्त्र रूपमा खोप खुराक किन्न आग्रह गरेको थियो भने केन्द्र सरकारले ४५ वर्ष भन्दा माथिकाहरूका लागि खुराक आपूर्ति गर्ने भनेको थियो । अब, केन्द्र सरकारले खोप आपूर्तिको ७५ प्रतिशत खरीद गर्नेछ र १८ वर्ष भन्दा माथिकाहरूलाई निःशुल्क उपलब्ध गराउनेछ । आपूर्तिको बाँकी २५ प्रतिशत निजि अस्पतालले गर्नेछन ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, विदेश, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #१ सय ५ बर्षका वृद्धले कोरोना, #भारत असाममा

तपाईको कमेन्ट लेख्नुहोस्