खुल्ने भयो भोलीदेखि सार्वजनिक यातायात, अव पसल दिनभर खुल्ने

काठमाडौं । उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरु कार्यालयले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय गरेका छन् । यो निर्णयसँगै मंगलबारबाट जोर–बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन उपत्यकाभित्र संचालन हुन पाउने भएका हुन् । बिहान ६ देखि बेलुका ७ बजेसम्म ती सवारी चलाउन दिइने भएको छ ।
स्वास्थ्य सावधानीका आवश्यक मापदण्डसहित भौतिक दूरी कायम गर्दै सार्वजनिक सवारी साधनलाई मंगलबारदेखि संचालन अनुमति दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । यातायात व्यवसायीको तीव्र दबाबपछि जिल्ला प्रशासनहरुले सर्तसहित सेवा संचालनको अनुमति दिएको छ । अहिले उपत्यकाका तीन जिल्लामा निजी सवारी साधन जोर–बिजोर प्रणालीमा संचालन भइरहेको छ । निषेधाज्ञामा यसअघि लागु गरिएका अन्य प्रतिबन्ध कायमै राखेर केही खुकुलो बनाइएको छ ।
उपत्यकामा उल्लेखनीय रुपमा कोरोना संक्रमण नघटेकाले निषेधाज्ञालाई भने निरन्तरता दिइएको छ । मंगलबारदेखि काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु पनि दिनभर संचालन हुन पाउने भएका छन् । यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ । यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् । स्वास्थ्य मापदण्डको पालना र भौतिक दुरी कायम गराउने सर्तसहित पसलहरु संचालन गर्न अनुमति दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
पछिल्लो कोरोना संक्रमणको अवस्था यस्तो छ
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म उपत्यकाका तीन जिल्लामा ८ हजार ५ सय ८ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा ४ हजार ३ सय ९१, भक्तपुरमा १ हजार ७ सय ३२ र ललितपुरमा २ हजार ३ सय ८५ जना सक्रिय संक्रमित छन् ।
आइतबार काठमाडौंमा २ सय ९२, ललितपुरमा १ सय र भक्तपुरमा ३२ जनामा संक्रमित थपिएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४० हजारमा झरेको छ । २५ जिल्लामा सक्रिय संक्रमित संख्या ५ सय भन्दा बढी छ । विभिन्न ३० जिल्लामा सक्रिय संक्रमित संख्या २ सय भन्दा माथि रहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कोरोना संक्रमण, #खुकुलो बन्दै निषेधाज्ञा !
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्