कोरोनाको दोस्रो लहर नसकिदै भिडभाड बढ्न थालेपछि सुरु भयो तेस्रो लहरको त्रास

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरबाट पार नपाउँदै तेस्रो लहरको चिन्ता र चासो सार्वजनिक हुन थालेका छन् । पहिलो र दोस्रो लहरका संक्रमितको उपचारमा चुकेको भन्दै आलोचना खेप्न बाध्य सरकार, तेस्रो लहरको जोखिमबाट जोगिने उपायको खोजिमा भने जुट्न थालेको छ । एक वर्षअगाडि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग विश्वका अधिकांश देश जुधिरहेका छन् । कतिपय मुलुकमा त तेस्रो लहरको बिगुल पनि फुकि सकेको छ ।
नेपालले दोस्रो लहरबाटै पार पाउन सकेको छैन । यही बेला विज्ञहरू भने कुनै पनि बेला तेस्रो लहर सुरु हुने अनुमान गर्न थालेका छन् । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेत तेस्रो लहरको सम्भावित जोखिमका लागि तयारी गरि रहेको बताउँछ । तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन सक्ने भन्दै सबै अस्पताललाई २० प्रतिशत शय्या छुट्याएर राख्न तथा देशका नाकाहरुमा आइसोलेसन सेन्टर तथा क्वारेन्टिनको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिइ सकेको छ । साथै अस्पतालका पूर्वाधार विकाश र जनशक्ति परिपूतिका लागि सिसिएमसिमा प्रस्ताव पठाइ सकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले बताइन ।
नेपालमा अधिकांश जनसंख्या खोपबाट बंचित छन् । संक्रमणका पहिलो, दोस्रो र तेस्रो लहरका कुरा गर्दा नागरिकलाई अत्याउन खोजेको हो कि जस्तो देखिएको संक्रमण रोग विषेशज्ञ डा.अनुप सुवेदी बताउछन् । कोरोना सक्रमणको दोस्रो लहरमा संक्रमित पहिचान हुनेको संख्या अझै पनि २० प्रतिशतको हाराहारीमा रहेको हुँदा अझै उच्च जोखिम रहेको सुवेदी बताउछन् । निषेधाज्ञा विस्तारै खुकुलो हुन थालेकाले दोस्रो लहर नै फेरि फैलन सक्ने जोखिम रहेको उहाँको धारणा छ । तर, तेस्रो लहर फैलिन्छ भन्नु जनतामा त्रास उत्पन्न गराउने काम भएको सुवेदीको तर्क छ । नेपालमा तेस्रो लहर आउने कुरा सही रहेको अर्का जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीले बताउछन् ।
तेस्रो लहरमा बालबालिकालाई मात्रै जोखिममा पर्छन् भन्नु गलत रहेको उनको धारणा छ । त्यो लहरमा अहिलेसम्म संक्रमणबाट बचेका व्यक्तिहर पनि जोखिममा रहेको डा.बाबुराम मरासिनि बताउछन् । भाइरसको बदलिँदो स्वरूपले थप चिन्ता र त्रास त बढाएकै छ । त्यसमाथि विश्वका ११ देशमा देखा परिसकेको कोराना भाइरसको उत्परिवर्तित डेल्टा भेरियन्ट नेपालमा पनि देखा परि सकेको कारण यसले थप जोखिम निम्त्याउन सक्ने प्रति विज्ञहरुले समेत चिन्ता व्यक्त गर्न थालेका छन् । कोरोनाको तेस्रो लहरबाट बच्न जन स्वास्थ्यका मापदण्ड पालना गर्ने र खोप उपलब्ध हुनु बाहेक अर्को विकल्प छैन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्