राष्ट्रिय सभाको आठौं अधिवेशन आज शुरू हुँदै, बिभिन्न अध्यादेश पेश गर्ने कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन आज शुरू हुँदै छ । संघीय संसद भवन बानेश्वरमा आज अपरान्ह ४ बजेका लागि बैठक डाकिएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेका अनुसार बैठकको आवश्यक सबै तयारी पूरा भएको छ ।
बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय सभाका सबै सदस्य तथा सचिवालयका कर्मचारीको एन्टिजेन्ट विधिबाट कोरोना परीक्षण भइसकेको छ भने बैठक स्थलमा भौतिक दूरी कायम हुने गरी बस्ने व्यवस्था मिलाइएको छ । आज बैठकको प्रारम्भमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउनेछन् । त्यसपछि विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री केपीशर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र शपथ सम्बन्धी अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रिय सभाको सातौँ अधिवेशन गत पुस १७ गतेदेखि २६ गतेसम्म चलेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राष्ट्रिय सभा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्