Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

एक बर्षपछि बाढी र पहिरोबाट घरबारविहीनलाई सरकारले बल्ल पठायो राहत

कुन जिल्लामा कति रकम पठाइयो (सूचिसहित)


काठमाडौं । एकबर्षअघि बाढी र पहिरोबाट घरबारविहीनलाई सरकारले बल्ल राहत रकम पठाएको छ । बाढी र पहिरोले घरबास क्षति गरेका तथा जोखिमका कारण विस्थापित परिवारको घर बनाउन सरकारले सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन समितिमा एक वर्षपछि रकम पठाएको हो ।

२२ जिल्लाका चार हजार ९ सय ३७ लाभग्राहीको घर बनाउन रकम पठाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गत वर्ष मनसुनमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा क्षति पुर्याएको थियो । सिन्धुपाल्चोकका ८ सय ३९ घरपरिवार विस्थापित भएका थिए ।

त्यस्तै, कालीकोट, दार्चुला, बाग्लुङ, म्याग्दी, रुकुम, गोरखा, नुवाकोट, लमजुङ, बाजुरा, बझाङ, सङ्खुवासभा, धनकुटा, भोजपुर, पर्वत, जाजरकोट, रोल्पा, कास्की, स्याङ्जा, तनहुँ, मकवानपुर र मोरङमा पनि बाढी र पहिरोले क्षति गरेको थियो । यी जिल्लाका प्रभावित व्यक्तिहरुको घर बनाउन तथा जग्गा नभएकाहरुलाई जग्गा व्यवस्थापन गर्न पहिलो किस्तामा झण्डै ३० करोड रुपैयाँ पठाएको छ । बाढी तथा पहिरोबाट प्रभावितहरु अहिले पनि पाल तथा टिनको छानामा ओत लाग्दै आएका छन् ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बाढी र पहिरो

तपाईको कमेन्ट लेख्नुहोस्