बाढी आएको २६ दिनपछि मेलम्चीमा प्रधानमन्त्री ओली, मेलम्ची बजारलाई सुरक्षित स्थानमा सार्ने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी गएको २६ दिनपछि शनिबार बाढी प्रभावित मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकन गरेका छन्। उनले हेलम्बुको गणेशेबगरमा आयोजित कार्यक्रममा बाढीपीडित परिवारलाई राहतस्वरुप तत्काल ५० हजार रुपैयाँ दिने आश्वासन समेत दिए । यस्तै मेलम्चीमा आयोजित कार्यक्रममा ओलीले बजार सुरक्षित स्थानमा व्यवस्थापन गरिने आश्वासन पनि दिए।
असार १ गते मेलम्चीमा आएको बाढीले तटवर्ती क्षेत्रका बजारमा ठूलो क्षति पुगेको छ। प्रधानमन्त्री ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे जानकारी दिए । उनले राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय रुपमा बाढी प्रभावितलाई सहयोग गर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई आह्वान पनि गरे ।
प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक, पुललगायत पूर्वाधारको पुनःनिर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मेलम्ची बजारमा रहेको चन्द्रशमशेरद्वारा निर्मित झोलुङ्गे पुललाई संरक्षण गर्नुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र पूर्वमन्त्री शेरबहादुर तामाङ समेत बाढी प्रभावित क्षेत्रमा पुगेका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा, #बाढी प्रभावित मेलम्ची र हेलम्बु
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्