Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

अफगानिस्तानमा विद्रोही तालिवानद्वारा उत्तरी प्रमुखशहर मजार–ए–शरीफ कब्जा


काठमाडौं । अफगानिस्तानमा तालिबान लडाकूहरूले उत्तरी अफगानिस्तानको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ कब्जा गरेका छन् । केही घण्टा अघिसम्म सरकारी नियन्त्रणमा रहेको सो शहर अहिले बिद्रोहीले कब्जा गरेका छन् । परम्परागत तालिबान विरोधी गढको पतनले उग्रवादीहरुका लागि ठूलो फाइदा पुगेको छ ।

अमेरिकी नेतृत्वको सेना फिर्ता भएसंगै अफगानिस्तानको सबै क्षेत्रमा तालिवानले लगभग नियन्त्रण जमाएको छ । राष्ट्रपति अशरफ घनी केहीदिन अघि मात्रै मजार ए शरिफमा सेनाको र्यालीसंगै सहभागी भएका थिए ।

तालिवान लडाकुहरुले केही घण्टामा राजधानी काबुल पनि कब्जा गर्ने दावी गरेका छन् । हालसम्म दश लाख भन्दा बढी विस्थापित भएका छन् । तालिबानले कब्जा गरेका क्षेत्रहरुमा महिलाहरुलाई बुर्का लगाउन बाध्य पार्नुका साथै कुटपिट समेत भैरहेको छ ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अफगानिस्तान

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं