अफगानिस्तानमा संक्रमणकालीन सरकारलाई शान्ति पूर्णरुपमा सत्ता हस्तान्तरण गर्ने तयारी
नेपालीको उद्धारमा सरकारले देखाएन तदारुकता

काठमाडौं । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने जनाएका छन् । तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले सो कुरा बताएका हुन् । उनले अफगान जनताले चिन्ता गर्नुपर्दैन भन्दै सहरमा कुनै हमला नहुने जानकारी गराएका छन् । तालिबानले शक्ति प्रयोग गरेर राजधानी कब्जा नगर्ने बताएसँगै काबुलमा पछिल्लो समय आतङ्क केही कम भएको छ । सडकमा देखिएको ट्राफिक केही कम भएको छ । गृह मन्त्रालयले पनि लडाकुहरू सहरको प्रवेशद्वारमा रहेको तर मुख्य सहरमा प्रवेश नगरेको स्पष्ट पारेको छ ।
यसबीच अफगानिस्तानका राष्ट्रपति असरफ गनी देश छाडेर भागेको भन्ने खबर गलत भएको राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ । अफगानिस्तानको राजधानी सहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु प्रवेश गरेका छन् । आइतबार पूर्वी सहर जलालाबाद कब्जा गरेको केही घण्टापछि नै विद्रोहीहरू काबुल प्रवेश गर्न सुरु गरेको समाचार आएको हो । यसैबीच अफगानिस्तानमा तालिवानले एकपछि अर्को सफलता हासिल गरिरहँदा त्यहाँ नेपालीको अवस्थाबारे चिन्ता व्यक्त हुन थालेको छ ।
हिंसात्मक गतिविधिसँगै विद्रोही तालिवानीले राजधानी बगदादसमेत कब्जा गर्न लागे पनि त्यहाँ रहेका नेपालीको बारेमा यथार्थ अवस्था अझै आउन सकेको छैन । तर अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक नै नभएको सरकारले बताएको छ । औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबीच परराष्ट्रविदहरुले अफ्गानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनको लागि नेपाल सरकारले ढिलाई गरेकोमा असन्तुष्टी जनाएका छन् । अफ्गानिस्तानबाट नेपालीहरुलाई तत्काल फिर्ता बोलाउनुपर्ने र उनीहरुलाई रेस्क्यु गर्न सरकारले उचित कदम चाल्नुपर्नेमा जोड दिइएको छ । आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ, जसमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि रहनेछन् । यो संयन्त्रले पनि अनौपचारिक क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्ने बताइएको छ । त्यहाँ रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्न परराष्ट्रविदहरुको माग ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #अफगानिस्तान
तपाईको कमेन्ट लेख्नुहोस्