Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

अफगानिस्तानको काबुल विमानस्थलमा आतंकवादी हमाल हुने अमेरिकाको चेतावनी


काठमाडौं । अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी संगठन आइएसले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । अमेरिकाले रक्षा मन्त्रालयले सुरक्षा अलर्ट जारी गर्दै अमेरिकी नागरिकलाई काबुल विमानस्थलमा खतार रहेको बताएको हो ।

अफगानिस्तानमा तालिबानले सत्ताकब्जा गरेपछि अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिकलाई धमाधम ओसारी रहेको छ । उद्दारको काम नसकिँदै आइएसले विमानस्थलमा आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले उद्दारको वैकल्पिक मार्ग खोजी भइरहेको समेत बताएको छ । काबुल विमानस्थलमा आइएसको आक्रमणबारे अमेरिकाले थप जानकारी दिएको छैन । साथै आइएसले समेत विमानस्थलमा आक्रमणको कुनै चेतावनी दिएको छैन ।

विमानस्थलको टर्मिनल बाहिर लगातार भइरहेको भीड, प्रदर्शन र नाराबाजीकाबीच अमेरिकाले यस्तो चेतावनी दिएको हो । तालिबानले एक हप्ताअघि अफगानिस्तान कब्जामा लिएपछि हालसम्म विमानस्थलबाट १७ हजार मानिस बाहिरिएका छन् । हाल काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । यीमध्ये २ हजार ५ सय अमेरिकी नागरिक रहेको बताइएको छ ।


क्याटेगोरी : विदेश

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं