नेपालमा कोरोना विरुद्धको पूर्ण खोप खोप ६० लाख बढीले लगाए

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार सात सय २५ मात्रा खोप लगाएसँगै नेपालमा कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख १४ हजार नौ सय ४१ जना पुगेको हो ।
यस्तै नेपालमा ६५ लाख २८ हजार तीन सय ९२ जनाले पहिलो मात्रा खोप लगाएको पाइएको छ । यता, नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा तल झरेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार तीन सय ७१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार सात सयमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #नेपालमा कोरोना भाइरस विरुद्ध
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्