देउवा र गठबन्धनमाथि ओलीको आक्रोश,मिडियाप्रति गुनासो
निर्वाचनमा जान ओलीको प्रस्ताव

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गरेका छन् । मंगलबार सञ्चारकर्मीहरुसँगको छलफलमा अध्यक्ष ओलीले संसद चल्न नसकेको र काम पनि गर्न नसकेको भन्दै ताजा जनादेशमा जानुपर्ने बताएका हुन । उनले अहिलेको गठबन्धनले नै चुनाव गराएपनि आफनो पार्टीलाई मान्य हुने बताए । राजनीतिक अकर्मण्यताको स्थितिमा ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्ने ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धनको सरकारले संविधान मिच्दा समेत मिडिया चुप लागेर बसेको भन्दै असन्तुष्टि व्यक्त गरे । आफनो सरकारलाई खबरदारी गरेपनि अहिलेको सरकारलाई मिडियाले आफनो सरकारलाई झैँ खबरदारी नगरेको आरोप लगाए । संविधान मिचिँदा पनि सञ्चार माध्यम चुप लागेको जस्तो देखिएको गुनासो समेत उनको थियो । पूर्वप्रधानमन्त्री ओलीले अहिले सरकारलाई खबरदारी नगरिएको आरोप लगाए ।
अध्यक्ष ओलीले आफनो पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको आरोप लगाउँदै आपत्ति समेत जनाए । एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने भन्दै उनले संसद चलिरहेको बेलामा सांसदबाटै कानून बनाइनुपर्ने बताए । परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पारेको ओलीको दाबी छ । उनले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाए ।
सरकारले बजेट प्रतिस्थापन विधेयकको दफा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्तकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्त भित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरेको छ । एमालेले सोही व्यवस्थामा आपत्ति जनाएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमाले अध्यक्ष केपी शर्मा ओली, #संसद
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्