Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

अमेरिकाले आफ्नो आकाशमा ड्रोन गस्ती गरेको अफगानिस्तानको आरोप


काठमाडौं । अफगानिस्तानले अमेरिकालाई आफनो आकाशमा ड्रोन गस्ती गरेको आरोप लगाएको छ । पाइलटविहीन ड्रोन गस्ती रोक्न अमेरिकालाई आग्रह समेत गरेको बख्तर न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी अमेरिकालाई अफगान सरकारले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरिएको छ । अमेरिकाले ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको त्यहाँका अधिकारीहरुले टिप्पणी गरेका छन् ।

अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस लडाकुहरूले गतिविधि सञ्चालन गर्नसक्ने भन्दै कतारबाट अफगानी भूमिको गतिविधिलाई नियालीरहेको अफगान अधिकारीहरुले बताएका छन् ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अफगानिस्तान, #आकाशमा ड्रोन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं