नेपाल रेडक्रस तदर्थ समितिको मनोमानी,प्रतिनिधि काठमाडौं बोलाएर बिधान महाधिबेशन स्थगित

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको बिशेष बिधान महाधिबेशन बिथोलिएको छ । बिधान महाधिबेशन तोकिएको काठमाडौंको कार्की बैंक्वीटमा असन्तुष्ट पक्षले गरेको तोडफोड र नाराबाजीले महाधिबेशन स्थगित गरिएको छ । जसका कारण जिल्ला–जिल्लाबाट काठमाडौं आइपुगेका प्रतिनिधिहरु निरास हुँदै रेडक्रसमा देखिएको बेथिति अन्त्य गर्न सरकारलाई आग्रह गरेका छन् । विशुद्ध मानविय सेवा गर्न गैरनाफामुलक संस्थाको रुपमा चिनिएको नेपाल रेडक्रस सोसाइटीमा यतिबेला देखिएका यी दृश्यले राजनीति गर्ने थलो बनिरहेको छ भन्दा फरक पर्दैन ।
पटक–पटक स्थगित हुँदै आएको रेडक्रसको बिधान महाधिबेशन गर्ने अधिकार भएको पत्र उच्च अदालत र सर्बोच्च अदालतबाट पाएको तदर्थ समितिले आइतबारका लागि तय गरेको थियो । तर, बिधान महाधिबेनमा सहभागि गराउने प्रतिनिधि चयनमै तदर्थ समितिले जालझेल गर्यो । १६ जिल्ला र दुई प्रदेशका जिल्ला शाखालाई बिघटन गरी तदर्थ समितिले नयाँ प्रतिनिधि छनोट गरेपछि बिघटित जिल्ला शाखाका पदाधिकारीले महाधिबेशनमा तोडफोड र नाराबाजी गरेका हुन् ।
तदर्थ समितिका पदाधिकारी बिरुद्ध चर्को नाराबाजी र बिघटित शाखालाई पुर्नवहालीको माग गरेपछि प्रहरीले हस्तक्षेप गरी दर्जनौ ब्यक्ती पक्राउ गरिएको थियो । राजनीतिक आस्थाका आधारमा सुनसरी, मोरङ, सिराहा, रौतहट, पर्सा, काठमाडौं, गोरखा, रोल्पा, जाजरकोट, रूकुम पश्चिम, हुम्ला, चितवन, बागलुङ, मकवानपुरलगायतका जिल्ला शाखा भंग गर्दै नयाँ तदर्थ समिति बनाएको आरोप तदर्थ समितिलाई लागेको छ । बाक्लो सुरक्षाकर्मी परिचालन भएको महाधिबेशनस्थलमा पुगेका प्रतिनिधिहरु रेडक्रसभित्र देखिएको बेथितिले आफूलाई नै लज्जित बनाएको बताइरहेका थिए । उनीहरु भन्दै थिए तत्काल सरकारले कुनै न कुनै कदम चालोस् ।
लामो समयदेखि विवादमा परेको रेडक्रसमा तदर्थ समितिले मनोमानी गर्यो भन्दै आरोप लगाइदै गर्दा अध्यक्ष डाक्टर नेत्रप्रसाद तिम्सिना भने स्वार्थ समूहको सानो झुण्डले महाधिबेशन बिथोलिएको जिकिर गर्छन् । नेपाल रेडक्रसको सिद्धान्त हो मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्वब्यापकता । तर, यी सिद्धान्तकै नेपाल रेडक्रसमा देखिएको तोडफोड र महाधिबेशन स्थगित गर्ने तदर्थ समितिको निर्णयले धज्जी उडाइदिएको छ ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल रेडक्रस सोसाइटी, #बिधान महाधिबेशन
तपाईको कमेन्ट लेख्नुहोस्