कोरोना भाइरसको उत्परिवर्तित स्वरुप ओमिक्रोम नेपाल भित्रिने त्रास, रोक्न के छ तयारी

काठमाडौं । दक्षिण अफ्रिकाबाट सुरु भएर विभिन्न मुलुकमा आगो जसरी फैलिरहेको कोरोना भाइरसको उत्परिवर्तित स्वरुप ओमिक्रोमका कारण नेपाल पनि प्रभावित हुने तथा महामारीको तेस्रो लहरको सामना गर्नुपर्ने हो की भन्ने त्रास बढेको छ । पहिलो र दोस्रो लहरमा अन्य मुलुकमा महामारी सुरु भएको केही महिना पछि मात्रै नेपालमा महामारी फैलिएको थियो । त्यही कारण पनि अब केही महिनापछि कोरोनाले महामारीको रुप लिन्छ कि भन्ने त्रास बढ्न थालको हो । नेपालसहित विश्वका अधिकांश मुलुकले कोरोना महामारीको पहिलो र दोस्रो लहरको सामना गरि सकेका छन् । त्यसमाथि अहिले युरोप तथा अन्य केही मुलुक कोरोना महामारीको तेस्रो लहरसँग जुधिरहेका छन् ।
नेपालले व्यहोरेको कोरोना महामारीका दुई लहर मध्ये पछिल्लो लहर पहिलोभन्दा निकै भयावह थियो । दोस्रो लहरमा त स्वास्थ्य सेवामा सामान्य मानिने अक्सिजन नै नपाएरै धेरैले अनाहकमा ज्यान गुमाउनु प¥यो । अहिले दोसा्रे लहरको कोरोना संक्रमणको संख्यात्मक दरमा निकै कमी आएको छ । तर, यही बेला दक्षिण अफ्रिका सहित विभिन्न देशहरुमा फैलिएको कोरोना भाइरसको उत्परिवर्तित स्वरुप ओमिक्रोम फेला परे सगं फेरि विश्वभरी नै त्रास बढेको छ ।
हुनत यो भाइरस नेपालमा अहिलेसम्म देखा परेको छैन् । तर संक्रमण फैलिएका देशमा हुने गरेको आवत जावतमा कडाइ गरिएन भने नेपालले महामारीको तेस्रो लहरको सामना गर्न नपर्ला भन्न सकिँदैन । विभिन्न अध्ययनले ओमिक्रोनविरुद्ध हालसम्म विकास भएका खोपे समेत प्रभावकारी नरहेको देखाएको छ । साथै यो भाइरस निकै तिव्रगति फैलन सक्ने बताउँदे चिकित्सकहरुले संक्रमणबाट जोगिन जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेका छन् ।
जनस्वास्थ्य विज्ञ डा. समिरमणी दिक्षितले भने संभावित तेस्रो लहरको तयारीमा सरकारले विशेष जोड दिनुपर्ने बताउदै दक्षिण अफ्रिका सहित केही देशमा देखा पर्दैमा आत्ति हाल्नुपर्ने अवस्था समेत नरहेको बताउँछन् । यद्यपी कोरोनाको दोस्रो लहरलाई ध्यानमा राखेर तेस्रो लहरको लागि आवश्यक तयारी गर्नुपर्नेमा भने उनको जोड छ । मुलुकभरका अस्पतालमा शैयाको बिस्तार, अक्सिजनको जोहो लगायका अन्य संरचनाहरुलाइ तयारी अवस्थामा राख्नुपर्ने उनी बताउछन् ।
यता स्वास्थ्य मन्त्रालय तथा कोरोना रोकथाम तथा नियन्त्रणको जिम्मेवारी लिएका निकायले समेत कोरोनाको नयाँ भेरियन्ट फैलिएका देशका नागरिकलाई यात्रामा कडाइ गरिने दाबी गरेका छन् । साथै परिक्षणको दायरा बढाइएको, सिमा नाकामा कडाइ गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिकुमार अधिकारी बताउँछन् ।
दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोन भेरियन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा अष्ट्रेलिय क्यानडा लगायत थुप्रै देशहरुमा पुष्टि भएका छन् । ती देशहरुले संक्रमण पुष्टि भएका अन्य देशमा हवाइ यात्रामा समेत कडाइ गरेका छन् । नेपाल सरकार भने विगतमा भएको गल्तीलाई बिर्सिएर महामारीलाई स्वागत गर्न बसे झैँ गर्दैछ । सर्वसाधारण र सरकारले विगतको गल्तीलाई बिर्सिने हो भने कोरोना महामारीको तेस्रो लहरले त्यो बेलाभन्दा बढी आँसु बगाउन बाध्य पार्ने पक्का छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #ओमिक्रोम
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्