Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

पर्यटनमन्त्री प्रेम आलेको एक्सनः स्पष्टीकरण सोधिएका सिइओसँग कार्यक्रममै बसेनन्


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले पोखराको एक कार्यक्रममा सिइओलाई निकाल्न लगाएका छन् । पर्यटनमन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मीसँग एउटै मञ्च शेयर गर्न नमानेपछि पोखरा पर्यटन परिषदको कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा निम्त्याइएका रेग्मीलाई बाहिर पठाएर कार्यक्रम गरिएको थियो । मन्त्री आले पोखराका बिभिन्न कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण समेत गरेका आलेलाई पोखरा पर्यटन परिषदको २२ औं साधारणसभामा प्रमुख अतिथीका लागि बोलाइएको थियो । आले कार्यक्रमस्थलमा पुग्दा मञ्चमा पर्यटन बोर्डका सिइओ रेग्मी विशिष्ठ अतिथिका रुपमा बसिरहेका थिए । तर, रेग्मीलाई देख्नासाथ मन्त्री आले मन्चमा नगई शौचालयतर्फ गएर सिइओलाई रेग्मीलाई कार्यक्रमको मञ्चबाट पठाउन भनेका थिए । उनले आयोजकहरुलाई बाहिर बोलाएर आफूले कारवाहीका लागि स्पष्टीकरण मागेको व्यक्तिलाई विशिष्ठ अतिथि बनाएको कार्यक्रममा बस्न नमिल्ने बताएका थिए ।

कार्यक्रममा नबस्ने बताएपछि आयोजकले उनलाई बाहिर पठाएका थिए । बेलायतबाट फर्किने क्रममा रेग्मीले विमानस्थलका कर्मचारीमाथि गरेको दुर्व्यवहार प्रकरणमा मन्त्रीकै निर्देशनमा सचिवले स्पष्टीकरण सोधेका थिए । रेग्मीले दिएको स्पष्टीकरण तत्कालीन सचिव यादव कोइरालाले गोजिमा बोकेर हिँडेपछि अहिले नयाँ सचिव महेश्वर न्यौपाने आएपनि जवाफ पाएका छैनन् ।

आचरणविपरित काम गरेको र पर्यटन बोर्डको सिइओको रुपमा कार्य सम्पादन गर्न नसकेको भन्दै मन्त्री आलेले उनलाई हटाउन चाहेका छन् । पर्यटन बोर्डका सदस्यहरुले समेत मन्त्रीलाई भेटेर सिइओबाट काम नचल्ने भन्दै आवश्यक कारबाहीमा लागि मन्त्रालयको तर्फबाट सघाउन आग्रह गरेको बताइएको छ । सिइओ रेग्मीले मदिरा ल्याउदा पनि ताण्डप मच्चाएका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रेम आले, #सिइओलाई निकाल्न

तपाईको कमेन्ट लेख्नुहोस्