नेपाली काँग्रेसको खातामा १० करोड रुपैयाँ

काठमाडौं । नेपाली काँग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समितिको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनले १० करोड मौज्दात देखाएको हो । केन्द्रीय समितिको बैठकले आर्थिक प्रतिवेदनसहित महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको छ ।
त्यस्तै, पार्टी उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पनि आफनो प्रतिवेदन पेस गरेको थियो । त्यो पनि बैठकले पारित गरेको छ । बैठकले पारित गरेका सबै प्रतिवेदन महाधिवेशनको बन्दसत्रमा छलफलका लागि प्रस्तुत हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यस्तै, महासमितिले परिमार्जन गरेको विधानलाई पनि केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । अनुमोदित विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुनेछ । महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १८ वटा समितिहरु गठन गरिएको छ । बैठकले मिडिया संयोजनको जिम्मेवारी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यलाई दिएको छ । निर्वाचनबारे जानकारी गराउने काम अधिवक्ता केशव रिजालले पाएका छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #खातामा १० करोड, #नेपाली कांग्रेस
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्