६ बर्ष गुट चलाएका रामचन्द्र पौडेललाई आफ्नैबाट धोका, प्रकाशमान र शेखरले दिएको त्यो ठूलो चोट
गुट मिलाउन नसक्दा आफै संकटमा

काठमाडौं । कांग्रेसको १३ औं महाधिबेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच सभापतिमा भिडन्त भयो । कृष्णप्रसाद सिटौला पहिलो चरणबाट बाहिरिएपछि देउवालाई नै साथ दिदै उनैसँग बार्गेनिङमा सानो गुट चलाए । तर, कांग्रेस १३ औं महाधिबेशनपछि दुई खेमा अर्थात् देउवा र पौडेल समूह भएर आ–आफना गतिविधि सञ्चालन हुँदै आए । देउवाको कामको बिरोध गर्नुमात्रै होइन पौडेल समूहले पटक–पटक सत्तामा पुग्दा होस् या नियुक्तीहरुमा पनि भागबण्डा खोजिरह्यो । शुशिल कोइरालापछि त्यो समूह चलाउने जिम्मेवारी पाएका पौडेल अन्तत् १४ औं महाधिबेशनमा आफनै पक्षका नेताहरुबाट अपहेलित हुनुपरेको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा चुनावी प्रतिष्पर्धा निक्कै रोचक भिडन्त हुने देखिएको छ । लामो समय कांग्रेसमा समूह नै चलाएर बसेका रामचन्द्र पौडेललाई आफनै गुटका नेताले साथ नदिएपछि उनी बाहिरिए । तर, शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधि सभापतिका लागि मुख्य दाबेदारका रुपमा प्रतिष्पर्धा गर्दैछन् । कांग्रेसको १४ औं महाधिबेशनले गुट फेरबदल मात्रै होइन कोइराला परिवारमा समेत भुँइचालो ल्याइदिएको छ ।
पौडेल समूहबाट राजनिति गरिरहेका नेताद्धय प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाका कारण पौडेल सभापतिको दौडमै सहभागि नहुने निष्कर्षमा पुगे । पटक–पटकको प्रयासमा सभापति आफै उठ्ने तयारी गरेका पौडेललाई दुई नेताले ठूलो चोट दिएका छन् । पौडेल समूह भन्ने तर, पौडेलले नै नेताहरुलाई मनाउन नसक्नु उनको कमजोरी देखिन्छ । झण्डै ६ बर्ष गुट चलाएका पौडेलको बेवास्ता गर्दै सिंह र कोइराला आफ्नै गुट बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
हुनत् १४ औं महाधिबेशनमा गुट मात्रै अदल बदल भएको छैन् कोइराला परिवारमै भएको असन्तुष्टी पनि सडकमै पोखिएको छ । देउवासँग पौडेलले हार्दा समेत कोइराला परिवारबाट महामन्त्रीमा जितेर कांग्रेसमा उदाएका डाक्टर शंशाक कोइराला सभापतिबाट पछि हटे । आफनै परिवारबाट सभापतिमा भिड्न लागेका दाई शेखरलाई लत्याउदै सुजता कोइराला प्रकाशमान सिंहको प्यानलमा उपसभापतिको उमेद्वार बनिन् ।
फेरि कांग्रेसको नेतृत्व कोइराला परिवारमा ल्याउनुपर्ने भन्दै निरन्तर छलफलमा जुटेका शेखर, शंशाक र सुजातामै अन्तिम समयमा फाटो आयो । देउवाको साथ दिदै पार्टीको प्रवक्ता बनेका बिश्वप्रकाश शर्मा अन्तिम समयमा आएर प्रकाशमान सिंहको महामन्त्री भएर चुनावी मैदानमा उत्रिएका छन् । गुट उपगुटमा झागिएको कांग्रेसमा शेरबहादुर देउवालाई पनि लामो समय साथ दिएका बिमलेन्द्र निधिले टक्कर दिन सभापतिमा उमेद्वार दिएका छन् ।
सभापतिमा देउवालाई टक्कर दिन युवा नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । बिगतमा प्यानल त्यो पनि कांग्रेसको नेतृत्व हत्याउन सकभर अघि नसर्ने नेताहरु १४ औं महाधिबेशनमा भने कम्मर कसेर लागेका छन् । उनीहरुको चाहना यो पनि हुनसक्छ सभापतिमा चुनाव लड्ने जिते राम्रै नजिते पनि कांग्रेसमा गुटको राजनीति गर्न पाइन्छ । किनकि बिगतमा सभापतिको उमेद्वार बनेका नेताहरुले गुट चलाएर बार्गेनिङ गरेका दृष्टान्त प्रष्ट छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रामचन्द्र पौडेल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्