Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

संघीय संसदको हिउँदे अधिवेशन सुरु, पहिलो बैठकमै प्रमुख प्रतिपक्षी एमालेद्धारा अवरोध


काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सांसदहरुको नाराबाजी र अवरोधकाबीच मंगलबार संघीय संसद अन्तर्गतको प्रतिनिधिसभामा र राष्ट्रियसभामा छ वटा अध्यादेश पेश भएका छन् । बहूप्रतिक्षित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संझौता भनेसरकारले संसदमा पेश गर्न सकेन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको विरोधकाबीच प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्यसञ्चाालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रसायनिक पदार्थ नियमन अध्यादेशका साथै सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका हुन् ।

एमाले सांसदको नाराबाजीकै बीच सभामुख सापकोटाले रेल्वे अध्यादेश पेश गर्न अनुमति दिएपछि उक्त अध्यादेश पनि मन्त्री बडुले पेश गरे । त्यसैगरी कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नै यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कार्यविधि सम्बन्धी अध्यादेशसमेत गरी छ वटा अध्यादेश प्रतिनिधि सभामा पेश गरेका हुन् । सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपतिको बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाए लगत्तै एमाले सांसदहरु उठेर रोस्ट्रम घेर्दै नाराबाजी गरेका थिए ।

प्रमुख प्रतिपक्षी सांसदहरुको नाराबाजी र अवरोधले संसद चल्न नसकेको विषयमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले संसद चलाउन सरकारले प्रयाश गरिरहेको बताएका छन् । उता, संघीय संसद अन्तर्गत राष्ट्रियसभामा पनि प्रमुखप्रतिपक्षी दल नेकपाएमालेल अवरोध कायमै राखेको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा नेकपा एमालले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएको विरोधमा अवरोध गर्नुपरेको राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईको भनाइ छ । सरकारले मंगलबार बसेको संसदको बैठकमा बहूप्रतिक्षित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संझौता भने पेश गर्न सकेन ।

एमसीसी संझौताका विषय सत्ता साझेदार पाँच दलीय गठबन्धनभित्र अझै सहमति जुट्न सकेको छैन । उता, अमेरिकामा भने मंगलबार नै एमसीसीको बोर्ड बैठक वासिङटनडिसीस्थित मुख्यालयमा बसेको छ । यता नेपालमा पनि अमेरिकाले मंगलबारकै प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्बन्धी संझौता संसदमा पेश गरेर अगाडि बढाउन आग्रह गरेको थियो । तर नेपालका राजनीतिक दल भने एमसीसी संझौता संसदबाट पारित गर्ने विषयमा विभाजित बनेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #संघीय संसद

तपाईको कमेन्ट लेख्नुहोस्