Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

१ हजार ५ सय ४७ मावि शिक्षकका लागि विज्ञापन खुला (बिज्ञापन सहित)


काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहमा १ हजार ५ सय भन्दा धेरै शिक्षकको लागि विज्ञापन खुलेको छ । आयोगले सूचना निकालेर माध्यामिक तह तृतीय श्रेणीको लागि १ हजार ५ सय ४७ जना शिक्षकको विज्ञापन खुलाएको हो । आयोगले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता र पिछडिएको क्षेत्रका उम्मेद्वारको लागि पनि कोटा तोकेर विज्ञापन गरेको हो ।

नेपाली विषयको लागि २ सय ३१ जना शिक्षकको माग भएको छ । यस्तै, अंग्रेजी विषयको लागि तीन सय १२ जना, गणितको लागि दुई सय ८९ जना, विज्ञानको लागि चार सय ३५ जना, सामाजिक विषयको लागि दुई सय एक जना र अर्थशास्त्र विषयमा १० जनाको लागि विज्ञापन गरिएको आयोगले जनाएको छ ।

यस्तै कार्यलय सञ्चालन तथा लेखा विषयको लागि ५१ जना, शिक्षाको लागि एक जना, शुक्लयजुर्वेदमा दुई जना, स्वास्थ्यमा दुई जना, संस्कृत व्याकरणको लागि २ जना, संस्कृत भाषाको लागि तीन जना, संस्कृत साहित्यको लागि एक जना, कम्प्युटर विज्ञानको लागि ६ जना र न्याय विषयको लागि एक जना शिक्षक विज्ञापन खुला भएको हो ।

इच्छुक व्यक्तिले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, आयोगको आधिकारिक  वेबसाइट https://online.tsc.gov.np/ मा गएर अनलाइन दरखास्त पनि दिन सकिनेछ । लिखित परीक्षा चैत १५ गते हुने आयोगले जनाएको छ ।

बिज्ञापन


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, लाेकसेवा/जागिर, समाचार, सामाजिक सञ्जाल
ट्याग : #शिक्षक सेवा आयोग

तपाईको कमेन्ट लेख्नुहोस्