Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै,एमाले सहभागि नहुने


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संससमा जारी अवरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी विषयमा सहमति जुटाउन पनि बैठकमा छलफल हुने बुझिएको छ ।

सचिवालयका अनुसार बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठकमा संसद्मा सहभागि सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले)ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउन लगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।

नेकपा एमालेले भने सर्वदलीय बैठकमा सहभागी नहुने जनाएको छ । आफूले कारवाही गरेका नेता माधव नेपाल समेत बैठकमा सहभागी हुने भएपछि बैठकमा नजाने एमालेले जनाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सर्वदलीय बैठक

तपाईको कमेन्ट लेख्नुहोस्