Techie IT
  • १६ वैशाख २०८२, मंगलबार
KhojPatrika

सुरु भयो अंग्रेजी नयाँ वर्ष २०२२, नेपालसहित यसरी मनाइयो विश्वभर उत्सव


काठमाडौँ । ग्रेरगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ समेत प्रचलनमा रहेको छ । पोप ग्रेरगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिएको छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पाइएको छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार र प्रयोग भएको छ ।
अष्ट्रेलियामा अंग्रेजी नयाँ वर्षको उत्साव
अष्ट्रेलियाका विभिन्न शहरहरुमा अतिसबाजीसहित सन् २०२१ लाई बिदा गरी नयाँ वर्ष २०२२ को आगमनलाई स्वागत गरिएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण भीडभाड कम देखिएको छ । विगतको जस्तै उत्सव नभएपनि स्थानीयले एकै ठाउँमा भेला भई आतिसबाजी लगायतका मनोरञ्जनमा रमाएका छन् ।
नेपालमा पनि अंग्रेजी नयाँ वर्षको उत्साव
विदेशका अधिकांश देशहरुमा प्रचलनमा रहेको यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्दछन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । अंग्रेजी नयाँ वर्षका अवशरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने गरेका छन् ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विदेश, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नयाँ वर्ष २०२२

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं