Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

अमेरिकामा डढेलो, हजार घर ध्वस्त, तीन जनाको ज्यान गएको आशंका


काठमाडौं । अमेरिकाको कोलोराडो राज्यको डेनभरको जंगलमा भएको डढेलोबाट करिब हजारभन्दा बढी घर, एउटा होटल र एउटा सपिङ सेन्टर जलेर खरानी भएको बताइएको छ । आसपासका क्षेत्रका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। डेनभरको बाहिरी क्षेत्रमा भएको आगलागीमा तीन जनाको ज्यान गएको आशंका गरिएको छ ।

१६९ किलोमिटर प्रतिघन्टाको हावाको गतिको कारण डढेलो फैलिएको छ । पेलेले डढेलो निकै भीषण भएकाले तत्कालै नियन्त्रण गर्न नसकिने बताए। उद्धार अभियानमा खटिएका डेपुटी सेरिफ र दमकलकर्मीलाई त्यहाँबाट निकाल्नुपरेको थियो। करिब २१ हजार जनसंख्या भएको लुइसभिल शहरलाई खाली गर्न आदेश दिइएको छ।

यसअघि करिब १३ हजार जनसंख्या भएको सुपिरियर नगरलाई खाली गर्न आदेश दिइएको थियो। डेनभरको उत्तरपश्चिममा लगभग ३२ किलोमिटरको दूरीमा अवस्थित छन्। कोलोराडोको जंगलमा बिहीबारदेखि आगलागी शुरु भएको थियो ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं