Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

नोभाको प्रथम अष्ट्रेलियन शैक्षिक मेलामा विद्यार्थीको जमघट,पाए निशुल्क परामर्श(फोटो फिचर)


काठमाडौं । “स्टडी इन अष्ट्रेलिया” भन्ने मूल नाराका साथ मङ्गलबार काठमाडौंको द एभरेष्ट होटलमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०२२ आयोजना भएको छ । नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले अष्ट्रेलियामा पुगेर विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुका लागि भन्दै अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवा समेतका १५ वटा संस्थाहरुलाई एकै स्थानमा भेला गराएर मेलाको आयोजना गरेको हो ।

प्रथम अष्ट्रेलियन शैक्षिक मेलामा कक्षा ११, १२ अध्ययन गरिरहेका र कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थीसँगै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहेको नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले जानकारि दिए ।

अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियाबाट कलेज र विश्वविद्यालयहरू, शैक्षिक ऋण प्रदायकको लागि एनएमबी बैंक, आइएलटीएसको लागि आइडीपी आइएलटीएस, शैक्षिक बीमाको लागि एल्लियान्ज पार्टनर्स संस्थाहरुको सहभागिता रहको कोइरालाले बताए ।

मेलामा छात्रबृत्ति, पोष्ट स्टडी वर्क (अध्ययन पछि काम) र रिजनल क्याम्पस (क्षेत्रीय क्याम्पस) का बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । मेलाका एक सय सहभागीहरूलाई निःशुल्क आइएल्टीएस वा पीटीइ कक्षाहरू उपलब्ध गराइएको थियो भने र एक भाग्यशाली बिजेतालाई अष्ट्रेलियाको निःशुल्क हवाई भाडा उपलब्ध गराइने नोभाका निर्देशक कोइरालाले जानकारि दिए ।

कार्यक्रममा सहभागीहरुलाई नेपाल टेलिकमको तर्फबाट सीमकार्ड वितरण गरिएको थियो । बिहान १० कजेदखी साँझ ५ बजेसम्म आयोजना गरिएको मेला मार्फत हजारौँ विद्यार्थीले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श निःशुल्क लिएका थिए । थुप्रै उपहारहरुका साथै छत्रबृत्तिको पनि व्यवस्था गरिएको थियो । मेलाको इभेन्ट मेनेजरका रुपमा इन्टरडक्सन ट्रेड सो नेपाल प्रालिले भुमिका खेलेको थियो ।

मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले गरेकि थिइन । कोरोनाको दुई वर्षको चुनौतिपूर्ण समयको सामना गरेर नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा स्वागत गर्न पाउँदा उत्साहित भएको दाबी गर्दै राजदूत फेलिसिटीले नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्घ रहेको बताएकी छन् ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #नोभाको प्रथम अष्ट्रेलियन शैक्षिक मेला

तपाईको कमेन्ट लेख्नुहोस्