Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

अमेरिकाको फिलाडेल्फियामा आगलागी हुँदा १३ जनाको मृत्यु


काठमाडौं । अमेरिकाको फिलाडेल्फियामा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा ७ जना बालबालिका सहित १३ जनाको मृत्यु भएको छ। घटनामा कयौं मानिस घाइते भएको त्यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ।

सर्वसाधारणको आवासीय अपार्टमेन्टको रहेको सो भवनमा स्थानीय समय अनुसार विहान ६ बजे आगलागी भएको हो । आगलागी हालसम्मकै भयानक भएको अग्नी विभागका प्रमुखले बताएका छन्। आगलागीको समयमा सो तीन तल्ले भवनमा २६ जना रहेको अनुमान गरिएको छ। त्यसमध्ये ८ जनालाई सकुशल नै उद्दार गरिएको छ।

आगलागी कसरी शुरुभयो भन्ने कुरा शंकास्पद नै रहेको छ। घटनाका विषयमा छानविन भइरहेको अधिकारीहरुले जनाएका छन्। बालबालिकासहित ठूलो संख्यामा मानवीय क्षति भएकाले फिलाडेल्फिया शहरकै लागि सबैभन्दा दुःखद दिन भएको त्यहाँका मेयर जिम केन्नीले बताएका छन्।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं