विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३० करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३० करोड नाघेको छ। गत २४ घण्टामा २३ लाख ६३ हजार जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० करोड ५ लाख ४२ हजार पुगेको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा ६ लाख ४७ हजार, फ्रान्समा २ लाख ६१ हजार, इटलीमा २ लाख १९ हजार, वेलायतमा १ लाख ८० हजार र भारतमा १ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन्।
यस्तै, अर्जेन्टिनामा १ लाख १० हजार, टर्कीमा ६८ हजार ४००, जर्मनीमा ५६ हजार ७०० र ब्राजिलमा ४४ हजार जना संक्रमित थपिएका छन्। सोही अवधिमा ६ हजार २५९ जनाको मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १ हजार ६१८, रसियामा ८०२, पोल्याण्डमा ६४६, जर्मनीमा ३०५, वेलायतमा २३१ र फ्रान्समा २०४ जनाको मृत्यु भएको छ।
यस्तै, इटलीमा १९८, ब्राजिलमा १७१, टर्कीमा १५६ र भारतमा ३५ जनाको मृत्यु भएको छ। विश्वभर ३ करोड ७६ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये झण्डै ९३ हजार जनाको अवस्था गम्भीर रहेको छ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्