Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

अमेरिकाको एक अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको ज्यान गयो


काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नौ जनाबालबालिका रहेको त्यहाँका मेयर एरिक एडम्सले जानकारी दिएका छन्।

अपार्टमेन्टमा भएको आगलागीमा परी घाइते भएका ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्। उनीहरुमध्ये कयौँको अवस्था गम्भीर रहेको छ।

अग्नि नियन्त्रण विभागका कमिस्नर डानियल निग्रोले १९ तले अपार्टमेन्टको हरेक तलामा बस्ने व्यक्तिहरु आगलागीको चपेटामा परेको बताए । उनले न्यूयोर्कमा ३० वर्ष यताकै ठूलो घटना भएको बताएका छन्।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं