Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

कोरोना महामारीले फेरि उग्र रुप लियो, एकैदिन २ हजार ४ सय ४४ जनामा संक्रमण

उपत्यकामा मध्यरातिदेखि स्मार्ट लकडाउन


काठमाडौं । पछिल्लो एक साता यता कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । गत मगंलबारदेखि आजसम्म ८ हजार ३ सय १५ जना संक्रमित थपिएका छन् । एक साता अगाडिसम्म ३ सयको हाराहारीमा संक्रमित थपिने गरेका थिए । तर, आज त्यो तथ्यांकले झन्डै २ हजार ५ सयको आंकडा छोएको छ । तर, मृत्यु हुनेको संख्या मात्र एक जना भएकाले त्रसित हुनु पर्ने अवस्था नरहेको पनि देखिन्छ । एकसाता अघि मगंलबार ३ सय ९३, बुधबार ४ सय ३५, बिहिबार ५ सय ४० जना संक्रमित भेटिएका थिए ।

त्यस्तै शुक्रबार ९ सय ४६, शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण देखिँदा आइतबार भने संक्रमितको संख्या बढेर १ हजार १ सय ६७ पुगेको थियो । त्यो संख्या बढेर सोमबार १ हजार ४ सय ४६ जनामा संक्रमण देखियो । मंगलबार देखिएको संक्रमितको संख्याले भने कोरोना महामारीको तेस्रो लहर भयावह हुने अनुमान गर्न सकिन्छ । मगंलबार २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो तथ्याङ्घले कोरोना संक्रमितको संख्या तिव्र गतिले बढेको छ । मगंलबार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै १ हजार २ सय ८६ जना कोरोनाका संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ९ सय ८०, ललितपुरमा २ सय २१ र भक्तपुरमा ८५ जना संक्रमित थपिएका हुन । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ भने ३ सय १३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८ सय ९४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६सय ७ पुगेको छ भने ८ लाख १४ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ जना रहेका छन् । जसमध्ये ८ हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् भने ६ सय ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ९३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् । त्यस्तै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले मंगलबार यो निर्णय गरेको हो । राजनीतिक दलका सभा–सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ ।

माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ । यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । उद्योग व्यवसायहरुमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको छ । यसअघि सोमबार शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन दिइसकेको छ । यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्लामा समेत लागुहुने छन् । यो आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #स्मार्ट लकडाउन

तपाईको कमेन्ट लेख्नुहोस्