झनै हेलचेक्र्याई बढ्दो, एकैदिन ३ हजार ७५ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमण उकालो लाग्ने गति निकै तिब्र बनेको छ । बुधबार देशभर गरिएको जम्मा १३ हजार ३६ जनाको परिक्षणमा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १५ हजार ३३ जनाको परिक्षणको क्रममा २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार संक्रमणदर बढेर २७ प्रतिशतभन्दा माथि पुगेको छ भन् भने २ जनाको मृत्यु भएको छ । उता स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेरियन्टबाट ४० प्रतिसत जनसंख्या संक्रमित बन्न सक्ने प्रक्षेपण समेत गरेको छ ।
एकसाता अगाडिसम्म दैनिक २ देखि ३ प्रतिशतको हाराहारीमा रहेको कोरोना भाइरसको संक्रमण दर अहिले निकै बढेर २७ प्रतिशतभन्दा माथि पुगेको छ । दैनिक जसो संक्रमण बढ्दै जाँदा बुधबार १३ हजार ३६ जनाको परिक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ । पुस १८ गते नेपालमा २ सय १६ जना संक्रमित देखिएका थिए । त्यसयता भने दैनिकजसो संक्रमितको संख्या उकालो लाग्दै गरेको छ ।
१० दिनअघिको तुलनामा बुधबार संक्रमितको संख्यामा २ हजार ८ सय ५९ को बृद्धि भएको छ । थप भएका संक्रमित मध्ये आधा त काठमाडौं उपत्यकाकै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय २८, भक्तपुरमा १ सय ३४ र ललितपुरमा २ सय ३६ जनालाई संक्रमण पुष्टि भएको छ । अन्य जिल्लाको तुलनामा काठमाडौ उपत्यकामा कोरोना संक्रमण निकै बढेको छ । मन्त्रालयका अनुसार बुधबार कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण पश्चात जम्मा २ सय ७५ जना निको भएका छन् । मुलकभर अहिले सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० छ् । ती मध्ये संस्थागत आइसोलेसनमा ८ सय ८० र होम आइसोलेसनमा १० हजार ८ सय १० जना रहेका छन् । त्यस्तै आइसीयूमा ८७ जना भेन्टीलेटरमा २२ जना संक्रमित उपचारारत छन् । बुधबार देशभरका खोपकेन्द«बाट २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप समेत लगाएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्