Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

भोकमरीका कारण अफगानिस्तानमा विस्थापित हुनेको संख्या बढ्यो


काठमाडौं । अफगानिस्तानमा भोकमरीका कारण विस्थापित हुनेको संख्या बढ्न थालेको छ । केहीको अवस्था चिन्ताजनक रहेको छ । यस्तै केहीले आफ्नो र आफ्ना बालबालिकाको अङ्ग नै बेचेर गुजारा चलाउन थालेका पाइएको त्यहाँको टोलो न्युजले जनाएको छ ।

अफगानिस्तानको उत्तरी प्रान्तमा भोकमरीका कारण समस्या बढ्दै गएको हो । त्यहाँको एक कल्याणकारी समितिले विस्थापित भएका र भोकमरीको चपेटामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । गुजारा चलाउनकै लागि अङ्ग बेच्नु पर्ने बाध्यता नआओस् भन्ने उद्देश्यले समितिले सहयोग गरेको जनाएको छ ।

युद्धको चपेटामा परेकाहरु सबैभन्दा धेरै मारमा परेका छन् । अफगानिस्तानमा मानवीय सङ्कट निम्तिएको भन्दै संयुक्त राष्ट्र सङ्घले यसअघि अन्तर्राष्ट्रिय दातृ निकायलाई सहयोगको ढोका खुला राख्न आह्वान गरेको थियो ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं