Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

एमसिसीबारे पत्र लेख्ने देउवा र प्रचण्डलाई कारवाही गर्न भीम रावलको माग


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसिसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले सो बारे छानबिन गर्न पनि समितिसँग आग्रहका छन् । उनले प्रतिनिधिसभामा विचाराधीन सो विषयमा पत्राचार गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै आपत्ति जनाएका थिए ।

राष्ट्रको स्वाधिनता माथि नै गम्भीर आँच आउने सो सम्झौता अनुमोदन गर्छौं भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसिसीलाई पत्राचार गरेको भन्दै दुवै नेतालाई कारबाही गर्नुपर्ने उनको माग छ । उनले भने, ‘अहिले भर्खरै यो देशका प्रधानमन्त्री र एउटा पार्टीका नेता यो एमसिसीमार्फत कुटनीतिलाई कसरी कमजोर बनाउँदैछन् रु कूटनीतिक क्षेत्रलाई फितलो बनाएर देशको स्वाभिमानमाथि धक्का पुग्दैछ भन्ने ज्वलन्त नमूना हो यो।

संयुक्त रुपमा लेखेको पत्र अन्तराष्ट्रिय सम्बन्ध समितिको सरोकारको विषय बन्नुपर्छ। यसरी कुनै एउटा देशको प्रधानमन्त्रीलाई, एउटा पार्टीको अध्यक्ष पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले यस्तो पत्र लेखेर हामी एमसिसी सम्झौतालाई अनुमोदन गर्नेछौं। हामीलाई समय दिनुपर्‍यो भनियो। यो संसदकै एउटा महत्वपूर्ण समिति भएको हुनाले यसमा छानबिन गरेर कारबाही हुनुपर्छ।’

बैठकमा नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले एमसिसीजस्तो गम्भीर विषयमा खुलस्त छलफल गर्न संसद सुचारु गराउने वातावरण बनाउन आग्रह गरे। नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसिसी जनमत संग्रह गरेर अनुमोदन गर्ने वा नगर्ने टुंगोमा पुर्याउनुपर्ने बताएका थिए । किराँतीले एमसिसीजस्तो विषयमा बोल्न पनि नसक्ने राजनीतिक दलहरु रहेको भन्दै आपत्ति पनि जनाएका थिए।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसिसी, #भीम रावल

तपाईको कमेन्ट लेख्नुहोस्