सत्ता गठबन्धनको बैठक बस्दै,एमसीसी संसदमा टेबल गर्नेबारे होला त सहमति ?

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक १० बजे बस्न लागेको हो । एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन नसकेपछि पटक–पटक बसेका बैठक निष्कर्षविहीन भएपछि आज हुने बैठक निर्णायक हुने नेताहरुले बताएका छन्। यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन।
एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र सरकारबाट बाहिरिन तयार रहेको निर्णय गरेको छ भने नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अनुमोदनमा सहमति नजनाउने तर संसदमा टेबुल गरेर छलफल गर्न भने विरोध नगर्ने निष्कर्ष निकालेको छ। एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटिको बैठकले एमसीसी टेबुल गर्न अवरोध नगर्ने तर यथास्थितिमा एमसीसी पारित गर्न भने नसक्ने निष्कर्ष निकालेको छ ।
जसपाले ठोस निर्णय लिन सकेको छैन। अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन्।एमसीसीले दिएको समयसीमा फागुन १६ गते नजिकिदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट पारित गराउन तीव्र दबाबमा रहेका छन्।
गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन्।प्रधानमन्त्री देउवाले बिहीबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। यसअघि नै एमसीसीको विरोध गरेको सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा भने सडक आन्दोलनमा छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी सम्झौता, #सत्तारुढ गठबन्धन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्