प्रधानमन्त्री शेरबहादुर देउवा अर्थमन्त्री जनार्दन शर्माको कामप्रति असन्तुष्ट, अर्थतन्त्र झनै धरासायी बन्दै

काठमाडौं । अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगिसक्दा पनि सरकार अर्थतन्त्र सुधार तर्फ लागेको देखिंदैन । अर्थतन्त्र सुधार तर्फ प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले सक्रियता देखाएपनि टालटुले नीति अपनाउँदा संकट निम्तियो भने यसको नेतृत्व गरेकाहरु इतिहासमै आलोचित हुने स्थिति आउन सक्ने देखिन्छ । दिनदिनै अर्थतन्त्रसंकट तर्फ उन्मुख छ । महंगी बढ्नेदेखि आर्थिक परिसूचकहरु सबै खस्किरहेका छन् ।
सरकारको नेतृत्व गरेकाहरुले एमसीसीको मुद्धा पटाक्षेप गरिसके यति नै बेला अर्थतन्त्र समस्यामा पर्यो भनेर सञ्चारजगत, अर्थविद् एवं नागरिक समाज लगायत सबैले खबरदारी गरिरहेका छन् । तर, सरकारले सुनिरहेको देखिन्न । बल्ल सोमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रबारे चासो दिएर अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र विकासे मन्त्रालयका उच्च अधिकारीहरुसंग छलफल गरे । प्रधानमन्त्रीले गम्भिरता पूर्वक लिएपछि यतिबेला सबैलाई गम्भिर बन्न बाध्य बनाएको छ ।
गठबन्धन सरकारलाई टालटुल गन्तव्य बोकेर हिँडेको आरोप पहिलेदेखि नै लागेको हो । भागबण्डा मिलाउँदै फुर्सद छैन भनेर आलोचित पनि बनिरहेको छ । त्यसैले आर्थिक विषयमा सरकार अल्मलिएको छ । प्रधानमन्त्री र अर्थमन्त्री एउटै पार्टीको नहुँदा पनि समस्या बढेको जानकारहरु बताउँछन् । आपसी तालमेल नमिल्दा अर्थतन्त्र अझै खतराको विन्दुतर्फ अगाडि बढ्ने हो कि भन्ने चिन्ता छ ।
राजनीतिक बाजी मार्न समस्या पनि आफैं निकाल्ने र संकट मोचन पनि आफैं खोज्ने जस्तो नेताहरुको प्रवृतिले खतरा बढीरहेको छ । मुख्य कुरा अर्थतन्त्रलाई अगाडि बढाउन प्रधानमन्त्री कार्यालयले संयोजनकारी भूमिका निर्वाह गर्नै सकेन भनेर जानकारहरुले आलोचना गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले पुरानो सरकारले अघि सारेको सडक, स्वास्थ्य पूर्वाधारका पुराना आयोजनालाई कटौती गर्ने कामबाट नै सरकारले गन्तव्य बिहिन यात्रा सुरु गरेको आरोप लगाएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा सुरुदेखि नै आर्थिक विषयमा गम्भिर नरहेको आरोप लगाउँदै एमालेले काँग्रेसकै अर्थमन्त्री भएमा अर्थतन्त्र अगाडि बढाउन सहज हुने सुझाव पनि दिएको छ । एमालेले बजेटमा दिएको रोडम्यापमा नहिँड्दा पनि समस्या बढेको एमालेको जिकिर छ । यहाँ अर्थतन्त्र खस्किन नदिन प्रमुख प्रतिपक्ष नेकपा एमालेले दबाबपूर्ण खबरदारी नगरेर आफू पानीमाथिको ओभानो जस्तै गरेर उम्किन खोजेको आरोप पनि यतिबेला छ । मुखले विकासको मुल फुटाउने, कामले देश र एमसीसीमा जनता उचाल्ने गर्दा संकट समाधान हुँदै साँच्चै देशको समृद्धि टाढाको विषय बन्दैन थियो कि !
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति
ट्याग : #अर्थतन्त्र, #अर्थमन्त्री जनार्दन शर्मा, #एमसीसी, #प्रधानमन्त्री शेरबहादुर देउवा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्