Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

स्थानीय तह निर्वाचन कार्यतालिकाः उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले शुक्रबार आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ । उम्मेदवारी दर्ताका लागि २ दिन समय छुट्याइएको छ । उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुने आयोगले जनाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #वैशाख ११ र १२ गते उम्मेदवारी, #स्थानीय तह निर्वाचन

तपाईको कमेन्ट लेख्नुहोस्