म्यादी प्रहरी बन्न तछाड–मछाड,बच्चा बोकेरै फारम भर्न महिला लाइनमा

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएसँगै देशभर अस्थायी जागिरे बन्न युवाहरुको भीड लागेको छ । भारतीय पुलिसमा आवेदन दिएका, छनौट हुन नसकेका, बैदेशिक रोजगारीको तयारीमा रहेकादेखी घरमै बसिरहेकाहरु समेत यतिबेला म्यादी प्रहरी बन्न हतारिएका छन् ।
बेरोजगार बस्नुभन्दा म्यादी प्रहरीमा भए पनि काम गर्छु भन्दै आउनेहरुको जमात निकै ठूलो देखिएको छ । सिलाइको काम सिक्दा सिक्दै छाडेर म्यादी प्रहरीमा भर्ना हुन आउनुभएकी दिलमाया विश्वकर्मा हुन वा मकवानपुर घर भई विदेश जाने तयारीसहित काठमाडौँ बस्दै आएका दीपेन्द्र विष्ट । यी सबै ३०–४० दिन काम गर्दा राम्रै पैसा आउँछ भने किन नगर्ने भनेर भर्ना हुन आएको दाबी गरिरहेका छन् ।
म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म कार्यालय समयमा आवेदन दिन सकिनेछ । यहि योजना अनुसार प्रहरीले आइतबारबाट देशभर भर्नाका लागि दरखास्त लिने काम सुरु गरेसँगै भीडभाड देखिएको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको बाक्लो उपस्थिति देखिएको छ ।
प्रहरीमा जागिर खान मन हुँदा हुँदै उमेरका कारण भर्ना हुन नपाएकाहरूदेखि रोजगारीको खोजीमा भौंतारिएकासम्म म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन लाइन लागेका छन् । प्रहरीको पोसाक लगाएर देशको सेवा गर्न चाहने जो–कोहीका लागि म्यादी प्रहरी अवसरजस्तै भएको भन्दै युवायुवतीहरु लाइनबद्ध छन् । बेरोजगारी एउटा मुख्य समस्या भए पनि प्रहरीप्रति युवा पुस्ताको आकर्षण बढ्दै छ भन्ने शंकेत म्यादी प्रहरीमा देखिएको आकर्षणले गरेको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #म्यादी प्रहरी, #स्थानीय तह
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्