Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

कांग्रेसले गठबन्धन नगरे प्रचण्डले हार्ने चुनाव लड्दैनन् एमालेसँग मिल्छनः देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी फुटिहाले त्यसैले जितिन्छ भन्ने भ्रममा नपर्न कांग्रेस नेतालाई बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन गर्नु हुँदैन भन्ने कांग्रेस नेताहरूप्रति आक्रोशित बन्दै त्यस्तो अभिब्यक्ती नदिन सचेत गराएका हुन् ।

उनले नेकपा माओवादीलाई गठबन्धन गरेर नलाने हो भने प्रचण्ड कुनै पनि बेला एमालेसँग मिल्न जाने बताए । देउवाले एमाले अझै बलियो बन्दै गएको र नेपालमा कम्युनिस्टको धेरै ठूलो संख्या रहेकाले गठबन्धन आवश्यक भएको जिकिर गरे ।

सभापति देउवाले भने–गठबन्धन कांग्रेस जिताउन गर्ने हो । हिजो शेखर कोइराला हारेको होइन ? हाम्रो हालत के थियो ? एमालेलाई फुटेको नसोचौँ, केपी ओली झन् बलियो बनेको बताए । प्रचण्डले आफूले हार्ने चुनाव नलड्ने भन्दै कांग्रेससँग गठबन्धन नभए एमालेसँग मिल्न जाने आशंका ब्यक्त गरे ।

प्रधानमन्त्री देउवाले कांग्रेसलाई बलियो बनाउन र कम्युनिस्ट मिल्न नदिन गठबन्धन आवश्यक रहेको जिकिर गरे । कार्यक्रममा सहभागि भएका शेखर कोइरालाले भने गठबन्धन गर्दा कांग्रेस आइको अवस्थामा पुग्ने चिन्ता व्यक्त गरेका थिए । उनले कांग्रेस मिले मात्र पनि जितिने बताएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा माओवादी, #माओवादी, #शेखर कोइराला, #शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्