Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

गठबन्धनले बनायो निर्वाचन तयारी तथा अनुगमन समिति,संयोजकमा रामचन्द्र पौडेल


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि स्थानीय तहमा गठबन्धनको प्रक्रिया एक कदम अगाडि बढेको छ । बैठकले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन अनुगमन संयन्त्र गठन गरेको छ ।

पौडेल नेतृत्वमा गठित संयन्त्रलाई पूर्णता दिन गठबन्धनमा रहेका प्रत्येक दलसँग २ , २ जनाको नाम मागिएको छ । बुधबार दिउँसो २ बजेभित्र सदस्यहरुको टुंगो लगाइने जनाइएको छ । मंगलबारको बालुवाटार बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र खस्किदो अर्थतन्त्रको विषयमा पनि चर्चा भएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको निष्कर्ष बैठकले निकालेको छ । तर केही नेताहरुले प्रधानमन्त्री देउवा भाजपा अध्यक्ष जे.पि नड्डालाई भेट्न भारतीय जनता पार्टीको मुख्यालय गएकोप्रति जिज्ञासा राखेका थिए ।

जसमा प्रधानमन्त्रीले यो राजकीय भ्रमण नभई औपचारिक भ्रमण मात्रै भएको र आफू प्रधानमन्त्रीको हैसियतमा नभई नेपाली कांग्रेसको सभापतिको हैसियतमा भाजपा मुख्यालय गएको प्रष्ट पारेका थिए । नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेको नेतृत्वमा संयन्त्र बनेसँगै सत्ता गठबन्धनको चुनावी तालमेल अब दलहरुबीच सीट बाँडफाँड गर्ने चरणमा पुगेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गठबन्धन, #प्रधानमन्त्रीको सरकारी, #रामचन्द्र पौडेलको संयोजक

तपाईको कमेन्ट लेख्नुहोस्