काठमाडौं उपत्यकाको फोहोर फाल्न अवरोध गरे १५ दिनदेखि ३ महिनासम्म कैद

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पासाङल्हामु सडकमार्ग आसपासका स्थानीयवासीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । लामो समयदेखि फोहोर ढुवानीमा अवरोध गरेको भन्दै काठमाडौं महानगरले प्रशासनलाई कारबाही गर्न अनुरोध गरेपछि प्रशासनले ऐन अनुसार कारबाही अघि बढाउने चेतावनी दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले फोहोर ढुवानीको अवरोध हटाउन सोमबार सूचना जारी गर्ने र अटेर गरे कारबाहीतर्फ लागिने जानकारी दिए ।
फोहोर व्यवस्थापनको सम्बन्धमा आइतबार महानगर, प्रहरी परिसर, जिल्ला प्रशासन कार्यालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिबीच छलफल भएको थियो। सूचना जारीपछि पनि फोहोर ढुवानीमा अवरोध भए कानुनी कारबाही गरिने निर्णय गरिएको छ । महानगरले सोमबार विहान ८ बजेसम्म अवरोध हटाउन स्थानीयलाई निर्देशन दिएको छ। यदी अवरोध भए प्रशासनसँग समन्वय गरी कारबाहीतर्फ लागिने छ । हाल मुड्खु भञ्ज्याङदेखि तीनपिप्लेसम्मका स्थानीयले सडक अवरोध गरेका छन् ।
फोहोर मैला व्यवस्थापन ऐन, २०६८ को परिच्छेद ९ को दफा ३८ को ‘ड’ र ‘ढ’ मा फोहोर संकलन, ढुवानी, प्रशोधनलगायत फोहोर मैला व्यवस्थापनमा बाधा अवरोध गर्नेलाई कसुर सजाय तोकिएको छ। फोहोरमैला व्यवस्थापन ऐन अनुसार उल्लेखित दफा बमोजिमको कसुर गर्नेलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले कारबाही गर्ने व्यवस्था छ। उक्त ऐन बमोजिम फोहोरमैला व्यवस्थापनमा अवरोध गर्ने व्यक्तिलाई १० हजारदेखि ५० हजारसम्म जरिवाना तथा १५ दिनदेखि ३ महिनासम्म कैद सजाय वा दुवै सजाय गर्नसक्ने व्यवस्था छ।
पछिल्लो समय चैत्र १६ गतेदेखि काठमाडौं उपत्यकामा फोहोर ढुवानीमा अवरोध भएपछि फोहोर उठेको छैन् । उपत्यकामा दैनिक एक हजार मेट्रिकटन फोहोर उत्पादन हुन्छ। १२ दिनदेखि फोहोर ढुवानी रोकिएपछि उपत्यकाका सडक किनार र चोकचोकमा १२ हजार मेट्रिकटन फोहोर थुप्रिएको छ। नयाँ ल्याण्डफिल्ड साइट बञ्चरेडाँडा क्षेत्रको जमिन अधिग्रहण गरिदिन बञ्चरेडाँडावासीले माग गर्दै आइरहेका छन्।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ढुवानी, #प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, #प्रशोधनलगायत फोहोर मैला व्यवस्थापन, #फोहोर ढुवानी, #फोहोर व्यवस्थापन, #फोहोर संकलन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्