Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

गठबन्धनलाई महानगरमा उमेद्वार छान्न सकस, स्थानीय तहको कांग्रेस एक्लै भिड्ने तयारीमा


काठमाडौं । सत्तारुढ गठबन्धनको संयन्त्रले चुनावी तालमेलका लागि मोडालिटी बनाउँदै छ । खासगरि ६ बटा महानगरमा यस गरि जितेको सिटको आधारमा भागबण्डा गर्ने समझदारी पनि बनेको छ । तर त्यस्को कार्यान्वयन पक्ष भने निकै जटिल छ । खासगरि एकपछि अर्को महानगरमा स्थानीय कांग्रेसले दाबी नछाडेपछि नेतृत्व निकै तनावमा देखिन्छ । चितवन कांग्रेसले भरतपुरमा दाबी नछाड्ने संस्थागत निर्णय गरि शीर्ष नेतालाई भेटेर ध्यानाकर्षण गराएको पनि एक साता भन्दा बढी भैसक्यो । त्यो प्रतिनिधि मण्डल चितवन पुगे लगत्तै भरतपुर महानगरको २९ बटै बडाले दाबी नछाड्ने निर्णय गर्यो ।

त्यस लगत्तै शीर्ष नेतृत्वलाई ध्यानाकर्षण गर्न राजधानी आइपुग्यो कास्की कांग्रेसको टोली । जिल्ला सभापति किशोर दत्त बराल, पूर्व मन्त्री यज्ञबहादुर थापा सहितको टोली राजधानी आएर पोखरामा कांग्रेसको दाबी यथावत रहेको, तथ्यहरुले पनि कांग्रेसले जित्ने आधार देखिएको भन्दै आफ्नो दाबी प्रस्तुत गर्यो । उनीहरु गठबन्धनलाईनै बलियो पार्न पोखरामा मेयर कांग्रेसले पाउनुपर्ने अडानमा छन् । पोखरा महानगरपालिकामा यसअघि एमालेका मानबहादुर जिसी मेयरमा बिजयी भएका थिए ।

पोखरामा माओवादी संग कांग्रेसले तालमेल गरेको भएपनि कांग्रेसका रामजी कुँवर जिसीसंग पराजित भएका थिए । उता कांग्रेस पर्साले स्थानीय चुनावमा कुनै पनि दलसँग सहकार्य नगर्ने निर्णय गरेको छ । जिल्लाका १४ वटै पालिकामा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकाल्दै पार्टीका अगुवा नेता–कार्यकर्ताहरूको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो । कांग्रेस र जसपा दुवैले वीरगञ्ज महानगरको नगर प्रमुख आफूले पाउनुपर्ने अडान राखेका छन् ।

सत्तारुढ दलहरूबीच गठबन्धन हुँदा वीरगञ्ज जसपाको भागमा जानसक्ने सम्भावना छ । यसको संकेत पाएपछि वीरगञ्जमा कांग्रेसको विभिन्न तहले गठबन्धन नमान्ने निर्णय गरिरहेका छन् । सत्तारुढ गठबन्धनमा भएको अनौपचारिक सहमति अनुसार काठमाण्डौं, ललितपुर र बिराटनगर कांग्रेस, भरतपुर माओवादी , वीरगन्ज जसपा र पोखरा एकीकृत समाजवादीले पाउने छन् । तर स्थानीय तहबाट हुने बिद्रोह ब्यवस्थापन भने दलहरुका लागि फलामको च्युरा बराबर हुने निश्चित प्राय छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चितवन कांग्रेस, #महानगरमा स्थानीय, #सत्तारुढ गठबन्धन

तपाईको कमेन्ट लेख्नुहोस्