काठमाडौंको महानगर मेयर जित्न ७० हजारबढी ल्याउनुपर्ने, बालेनको अग्रता घट्नेछ यी मुख्य वडामा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह जारी मतगणनामा तेस्रो स्थानमा छिन्। पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाह छन् भने दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित छन्। यतिबेला काठमाडौँ महानगरपालिकाको १, २ र ३२ नम्बर वडाको मतपरिणाममा बालेन शाहले अग्रता लिएका छन् ।
काठमाडौँको १ वडा नक्साल र वडा २ लाजिम्पाट क्षेत्र तथा ३२ वडा कोटेश्वर क्षेत्रमा पर्छ । नक्साल, लाजिम्पाट लगायतको क्षेत्र भनेको पुरानो दरबारियाको बस्ती रहेको क्षेत्र हो भने ३२ नम्बर कोटेश्वर नयाँ बस्ती हो । काठमाडौँको भित्री नेवार बस्ती बाहिर बालेन शाहको लोकप्रियता देखिन्छ । यद्यपि, उनले निर्वाचन जित्नका लागि भित्री नेवार बस्तीमा पनि प्रतिस्पर्धीहरू सिर्जना सिंह र केशव स्थापितलाई पछिन्नुपर्छ ।
टेकु वडा नम्बर १२, कालीमाटी वडा नम्बर १३, डल्लु वडा नम्बर १५, क्षेत्रपाटी वडा नम्बर १७ मा मेयरका उम्मेदवार सुमन सायमी पनि त्यत्तिकै लोकप्रिय छन् । कुल तीन लाख ५ सय ८४ मतदाता रहेको काठमाडौँमा एक लाख ९० हजार एक सय ७० मत खसेको थियो । ५५ जना मेयरका उम्मेदवार रहेको काठमाडौँ महानगरमा मेयरमा निर्वाचित हुनका लागि कम्तीमा पनि ७० हजारबढी मत ल्याउनुपर्छ ।
मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले उत्साहजनक मत प्राप्त गरिरेका छन् । भित्री नेवार बस्ती रहेका वडाहरू डल्लु १५, सोह्रखुट्टे १६, क्षेत्रपाटी १७, नरदेवी १८, दमाइटोल १९, भीमसेनस्थान २०, ज्यावहाल २१, टेबहाल २२, ॐवहाल २३, मखन २४, जनवहाल २५, महाबौद्ध २७ को मत परिणामबाट मात्रै जितका आकलन गर्न सकिन्छ । यस क्षेत्रमध्ये टेकु १२, कालीमाटी १३, डल्लु १५, क्षेत्रपाटी १७ मा मेयरका उम्मेदवार सुमन सायमीले धेरै मत ल्याए भने त्यो बालेनका लागि फाइदाजनक हुने देखिन्छ । यदि ती क्षेत्रमा बालेनले मत ल्याउन नसके उनी पछि पर्नेछन् ।
नेपाली कांग्रेसका तर्फबाट गत चुनावमा काठमाडौं महानगरकी उपमेयर जितेकी हरिप्रभा खड्गी अहिले नै मतगणनाको परिदृश्य आकलन गर्न नसकिने बताइन । १ लाख ८० हजार बढी मत गन्नै बाँकी छ। भर्खर ५–६ हजार मतगणना भयो। तुरून्त यही हुन्छ भन्न सकिन्न, खड्गीले २–३ हजार मत ल्याएर कसैले जितिहाल्छ भन्ने होइन। अझै मत गन्न धेरै बाँकी छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #केशव स्थापित, #बालेन साह, #सिर्जना सिंह
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्