Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

नौ महिनापछि खुल्यो संघीय संसदको अवरोध, यसकारणपछि हट्यो एमाले


काठमाडौं । करिव ९ महिनादेखि अबरुद्ध हुँदै आएको प्रतिनिधि सभा बैठक आजदेखि सुचारु भएको छ । आफूले कारवाही गरेको सांसदहरुलाई नहटाइएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको थियो । आजदेखि शुरु भएको बर्षे अधिवेशनमा बजेट पनि पेश गर्नुपर्ने भएकोले एमालेको अबरोध हटेपछि सरकारलाई बजेट ल्याउन सहज भएको छ ।

संसदको बर्षे अधिवेशन मंगलवार शुरु हुने भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले के गर्छ भन्ने धेरैमा संशय थियो । तर बैठक शुरु हुनासाथ सभामुख अग्निप्रसाद सापकोटासंग समय लिएर एमाले उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले सम्बोधन गर्दे बजेट अधिवेशनमा एमालेले भाग लिने बताए । उनले आफ्ना मुद्धा फरक ढंगले राख्ने भन्दै संसद अबरुद्ध नगर्ने जानकारी दिए । उनले एमालेको खबरदारीकै कारण स्थानीय निर्वाचन सम्भव भएको भन्दै सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको अगारोप लगाए ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बिनियोजन बिधेयकको सैद्धान्तिक पक्षबारे संसदलाई जानकारी गराएका थिए । बैठकले यहि जेठ १५ गते बजेट पेश गर्ने प्रयोजनका लागि नियम निलम्बनको प्रस्ताव पनि पारित गरेको छ । बैठकमा कांग्रेस सांसद पुष्पा गौतम भुषालले प्रस्ताव गरेकि थिइन् भने माओवादी सांसद देव गुरुङ र एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले समर्थन गरेका थिए ।

मंगलवारदेखि संसद सुचारु भएसंगै एमालेले ९ महिनासम्म बैठक किन अबरुद्ध गरेको भनि प्रश्न पनि उठेको छ । एमालेले पटक पटक संसद अबरुद्ध गरेपनि सरकारले महत्वपूर्ण निर्णय भने अबरोधका बीच लिएको थियो । गत भदौ २३ गतेदेखि एमालेले संसद बैठक अबरुद्ध पार्दे आएको थियो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधि सभा बैठक, #प्रमुख प्रतिपक्षी दल, #संसद बैठक अबरुद्ध

तपाईको कमेन्ट लेख्नुहोस्