प्रतिनिधि सभामा प्रि बजेट छलफल,बिग्रदो अर्थतन्त्र सुधार्न सरकार गैरजिम्मेवार देखिएको प्रतिपक्षको आरोप

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आजदेखि कर प्रस्ताव बाहेक आगामी बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल सुरु भएको छ । छलफलमा सांसदहरुले अर्थतन्त्रमा दशकौंदेखि दोहोरिंदै आएको समस्या अन्त्य गर्दै भ्रष्टाचार अन्त्यतर्फ लाग्न सुझाएका छन् । छलफलमा सहभागी हुँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विगत ५० औं वर्षदेखि नेपालको आर्थिक समृद्धि हुन नसकेको भन्दै उत्कृष्ट आर्थिक नीति अहिलेको आवश्यकता रहेको बताए । उत्पादनका केन्द्रीत हुनुपर्ने भन्दै उनले आर्थिक व्यवस्थाको सुधारमा संरचनात्मक संरचना नै परिवर्तन गर्नुपर्ने उल्लेख गरेका छन् ।
यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले वास्तविक किसानलाई भूमिको उपलब्धता हुनेगरी जानुपर्ने भन्दै देश विकासका लागि उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । नेकपा एमालेका सांसद योगेश भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकताले मुलुकको अग्रगति नलिने तर्क गरे । सरकारले सबैभन्दा पहिले बिग्रंदो अर्थतन्त्र सुधारमा ध्यान दिनुपर्ने उनको सुझाव रहेको छ ।
नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले जनताको विकास, राष्ट्रिय राजनीतिको स्थिरता, र राष्ट्रिय विकासको लागि जनतालाई केन्द्रविन्दुमा राखेर बजेट आउने विश्वास व्यक्त गरिन् । नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले चुनाव खर्चिलो बन्दै गएको र भ्रष्टाचारलाई कम गर्ने गरि काम गर्नुपर्ने बताए ।
काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहले पाएको मत राजनीतिक दलप्रतिको आक्रोश भएको उनको ठम्याइ रहेको छ । बजेटबारे पार्टीमा छलफल हुन नसक्नु दुखद भएको उनको भनाइ रहेको छ । छलफलमा सहभागी सांसदहरुले कुषिमा जोड दिंदै हरेक पालिकाहरुमा कृषि बजार निर्माण गरी त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न राज्यले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा बैठक, #बजेटका सिद्धान्त
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्