Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

मेयर जितेकै दिन नुवाकोटको बञ्चरेडाँडा, सिसडोल पुगे बालेन साह (फोटो फिचर)


काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह नुवाकोटको ओखरपौवा सिसडोलको अवलोकन गरेका छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी जानकारी लिन ओखरपौवामा रहेको डम्पिङ क्षेत्रमा मेयर बालेन साह पुगेका हुन् ।

उनले सिस्डोल र बञ्चरेडाँडाको अवलोकन समेत गरेका छन् । उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सो क्षेत्रमा समय समयमा अवरोध हुँदै आन्दोलन हुँदै आएको छ । स्थानीयले आफ्ना मागहरू पूरा नहुँदासम्म फोहोर व्यवस्थापन हुन नदिने भन्दै बेला बेला अवरोध गर्दै आएका छन् ।

सरकारले समेत स्थानीयसँग गरेका सहमति कार्यान्वयनमा लापरबाही गर्दै आएको छ । उनले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा, माला नलाउने तथा अन्तर्वार्ता समेत नदिने उद्घोष गरेका छन् ।

 


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #फोहोर व्यवस्थापन, #बञ्चरेडाँडा, #बालेन साह नुवाकोटको ओखरपौवा

तपाईको कमेन्ट लेख्नुहोस्