मल खरिदमा अझै समस्या,सरकार भन्छ छिट्टै ल्याउछौं,आयातकर्ता भन्छन् टुंगो छैन्

काठमाडौं । बिगतको जस्तै धानबाली लगाउने समयमा मल नपाउने समस्याले किसान प्रताडित भएका छन् । राज्यसंग किसानले हार गुहार गरेपनि सरकारको गैर जिम्मेवार पनका कारण यो सिजनमा पनि पर्याप्त मल नपाउने निश्चित प्राय छ । तर पनि सरकार दाबी गर्दैछ मल ल्याउँदैछौ । सोमवार प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधि सभामा मल अभावको बिषय जोड तोडले उठायो । खेतीपातीको बेलामा पनि सरकार मल दिन असक्षम भएको भन्दै चर्को आलोचना भयो । लाचारीपूर्वक कृषि मन्त्री महिन्द्रराय यादवले जवाफ दिए मल आउने प्रक्रियामा छ ।
कृषि मन्त्रीले लाचार अभिब्यक्ति दिएको भोलिपल्ट हामीले सरकारसंग कति मल मौजात छ सोधखोज गरेका छौं । सरकारी निकायहरुले दिएको तथ्यांक अनुसार यस सिजनमा करिव २ लाख मेट्रिक टन मल आबश्यक छ तर सरकारसंग मुस्किलले २० हजार मेट्रिक टन पनि मल छैन । यो आँकडाले भन्छ किसानले समयमा मल नपाउने निश्चित छ । तथ्यांक अनुसार नेपालमा कृषिका लागि प्रतिवर्ष ८ लाख मेट्रिक टन मल आवश्यक पर्छ ।
धान खेतिका लागि मात्र पनि २ लाख मेट्रिक टन जति मल आवश्यक पर्छ । तर अहिले सरकारसंग केही हजार मेट्रिक टन मात्र मल छ । अहिले सरकारसंग ५ हजार मेट्रिक टन युरिया,७ हजार ९१ टन डिएपी,६ हजार ९ सय ७१ टन पोटास र १०० मेट्रिक टन कृषि चुन छ । यति परिमाण बराबरको मल त अबको केही दिनमै खपत हुने निश्चित छ । त्यस पछि किसानहरुको बिजोग हुनेछ । धान रोपाईका लागि २० हजार मेट्रिक टन मल भित्राउदै गरेको साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडको भनाई छ ।
मलको हाहाकार भईरहेको बेला अपुग मल जि टु जि मार्फत् भित्र्याउन प्रयास भईरहेको कृषि साम्रागी कम्पनी लिमिटेडले जनाएको छ । मल कहिले आउँछ भन्ने प्रष्ट जवाफ भने लिमिटेडसं छैन । मल कै अभावले पनि नेपाल कृषि उत्पादनमा आत्म निर्भर बन्न सकको छैन । सरकारले मल खरिदका लागि बजेट बिनियोजन गरेको छ ।
कृषि साम्रागी कम्पनी लिमिटेडलाई मल महंगीएका कारण बिनियोजन गरेको बजेट मल खरिदका लागि पर्याप्त नभएमा बजेट थप्ने गरि कृषि साम्रगी कम्पनी लिमिटेडलाई मल खरिदका लागि जिम्मेवारी दिएको छ । मल नेपालमा उत्पादन नभएपनि समयसीमा राखि खरिद प्रक्रिया थालेको भए अन्तिम समयमा किसानहरु तड्पिनुपर्ने स्थिति आउने थिएन । राज्यका जिम्मेवार निकायले हरेक पल्ट दोहोर्याउने यस्तो गल्ती अर्को बर्ष नहोस् भनि अहिलेदेखिनै खबरदारी गर्न जरुरी छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #किसान प्रताडित, #कृषि साम्रागी कम्पनी, #धानबाली, #प्रतिपक्षी दल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्