संसदमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले सम्बोधन गर्ने,एमालेले अर्थमन्त्रीलाई बोल्न देला ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अजको संघीय संसदमा सम्बोधन गर्ने भएका छन् । रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रम देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन् ।
सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरुले जवाफ दिइरहेका हुन् । बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
त्यस्तै, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा, #प्रधानमन्त्री शेरबहादुर देउवा, #संघीय संसद
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्