Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

फिलिपिन्समा १ सय ६५ यात्रु सवार डुंगामा आगलागी


काठमाडौं । मध्य फिलिपिन्समा १ सय ६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको छ । उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताइएको छ ।

आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ। मामा मेरी–क्लो नाम गरेको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो।

फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा दुर्घंटनामा बाँचेकाहरूलाई नदी किनारमा बसेको देखाइएको छ। १ सय ५७ यात्रु र आठ चालकदलसहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ बढिरहेको थियो।

आगो लागेपछि यात्रुहरू डुंगाबाट हाम फालेका थिए। आगलागीको कारण खुलेको छैन्। क्षमताभन्दा बढी यात्रुका फिलिपिन्समा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन्।


क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #डुंगामा आगलागी, #मध्य फिलिपिन्स

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं