अर्थमन्त्री जनार्दन शर्माले भने करको दर हेरफेर गर्ने अधिकार मेरो हो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गर्नु आफ्नो क्षेत्राधिकारको विषय भएको भन्दै अनावश्यक गलफक्ती नगर्न चेतावनी दिएका छन् । सोमबार राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले आफूले देशको हितमा हुने गरी करको दरमा तलमाथि गरेको दाबी गरेका हुन ।
बजेटमा आफूले लिएको सबै निर्णयको जबाफदेहिता लिन तयार रहेको उनको भनाइ छ । उनले भने, ‘अर्थमन्त्रीले करको दर घटायो, बढायो भनिएको छ । यो त अर्थमन्त्रालयले गर्ने काम नै हो । गर्नै पर्ने कुरा हो । यो घटबढ गर्दा देशलाई के भयो ? उपभोग्य सामग्रीहरूमा बढाइयो कि घटाइयो भन्ने चाहिँ छलफलको विषय हुन सक्छ ।
मैले देशको अहित हुने गरी करको दरमा परिवर्तन गरेको छैन ।’ आफूले ल्याएको बजेटले तल्लो वर्गलाई समेटेको र व्यवसायिक क्षेत्रलाई प्रोत्साहित गरेको दाबी अर्थमन्त्री शर्माले गरे । आफूले प्रतिष्ठित व्यवसायी, अर्थविद् तथा प्रबुद्ध व्यक्तिहरूसँग परामर्श गरेर बजेट बनाएको अर्थमन्त्रीले बताए । बाहिर उठेको विवादलाई लिएर आफूले राजीनामा नदिने अर्थमन्त्रीले जिकिर गरे ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्