किन लिइयो विचाराधीन नागरिकतासम्बन्धी विधेयक फिर्ता, बुधबार अर्को संशोधन विधेयक पेश गर्ने

काठमाडौं । सरकारले प्रतिनिधिसभामा नागरिकता ऐनको अर्को संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले हाल प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक फिर्ता लिएर अर्को संशोधन विधेयक लैजाने तयारी गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बुधबार नै नागरिकता ऐन २०६३ को अर्को संशोधन विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ । त्यसअघि मंगलबार साँझ नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटाउन सत्तारुढ दलको शीर्ष नेताको बैठक बसेको थियो ।
सरकारले २०७५ सालमा ल्याएको नागरिकतासम्बन्धी संशोधन विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरी प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरिसकेको छ । तर, नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि नागरिकता दिने भन्ने विवाद छ । यो विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताले सहमति जुटाएपछि अर्को संशोधन विधेयक मस्यौदा गर्ने तयारीमा कानुन मन्त्रालय रहेको बुझिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नागरिकता ऐन, #प्रतिनिधिसभा, #संशोधन विधेयक पेश
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्