आर्थिक वर्षको अन्त्यतिर अर्थ मन्त्रालय मन्त्रीविहीन,सचिवहरू भने विदामा

काठमाडौं । आर्थिक वर्षको अन्तिमतिर अर्थ मन्त्रालय मन्त्री र सचिवविहीन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार विवादित बजेट निर्माणको प्रक्रियाको अनुसन्धानमा सघाउने भन्दै राजीनामा दिएका थिए । आर्थिक बर्षको अन्त्यमा अर्थसचिव मधुकुमार मरासिनी आकस्मिक बिदामा बसेका छन् भने राजस्वसचिव कृष्णहरी पुष्कर पूर्वनिर्धारित कार्यक्रम अनुसार अष्ट्रियाको भियनामा भ्रमणमा छन ।
संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार केसी पूर्वानिर्धारित कार्यक्रम अनुसार भारत भ्रमणमा छन् । असार मसान्तको नजिकमा अर्थ मन्त्रालय मूल नेतृत्वविहीन हुँदा मन्त्रालयभित्र पनि अन्योल देखिएको छ । श्रीमती बिरामी भएको भन्दै विदामा बसेका सचिव मरासिनी मन्त्रीको राजीनामा आएकाले आकस्मिक विदा छोट्याएर फर्किने सम्भावना बढेको बताइएको छ । तर, निश्चित भइसकेको छैन ।
चालु आर्थिक वर्ष २०७८र७९को पुँजीगत खर्च सोमबारसम्म ४२.५१ प्रतिशत मात्र भएको छ । राजस्व संकलनको लक्ष्य भेटाउन समेत अबको एक सातामा लक्ष्यको १७ प्रतिशत प्रगति प्राप्त गर्नुपर्नेछ । यस्तो बेला मन्त्रालयको नियमित काममा असर पर्ने डर अर्थ मन्त्रालयभित्रै छ । अर्थ मामिलाका जानकारहरु पनि आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरुआत हुने समयमा अर्थ मन्त्रालयमा मूल नेतृत्व नभए विभिन्न प्राविधिक समस्या तथा नीतिगत अड्चन पर्ने दाबी गर्छन ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अर्थ मन्त्रालय, #अर्थ मन्त्रालय मन्त्री र सचिवविहीन, #जनार्दन शर्मा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्