Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

कृषि विकास बैंकले माग्यो १ सय ५२ कर्मचारी (बिज्ञापनसहित)


काठमाडौं । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्तिका लागि बिज्ञापन आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १ सय ५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।

प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृतको माग गरिएको छ ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ । कृषि बैंकले कुल १ सय ५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ । साउन १२ भित्र आवेदन दिनुपर्ने जनाइएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, लाेकसेवा/जागिर, समाचार
ट्याग : #कृषि विकास बैंक, #स्थायी पदपूर्ति

तपाईको कमेन्ट लेख्नुहोस्